बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा वृद्धि

काठमाडौँ- बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो ।
“बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकले भनेको छ । निष्वृmय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत थियो ।
गत आवको तुलनामा चालु अवामा कर्जा प्रवाह बढेको छभने निक्षेप सङ्कलन घटेको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ रु तीन खर्ब ६१ अर्ब तीन करोड बराबर कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ रु दुई खर्ब २२ अर्ब २१ करोड कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप रु तीन खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु चार खर्ब नौ अर्ब ४ करोडले वृद्धि भएको थियो ।
बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । त्यसैगरी २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरु बीचको भारित औसत अन्तरबैंक दर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत थियो ।
डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । “मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानीका उपकरणहरुको दायरा फराकिलो हुँदै गएको छ,” राष्ट्र बैंकले भनेको छ, “समीक्षा अवधिमा ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ (आरटिजिएस) मार्फत भएको कारोबार रकम बढेको छ ।”
अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटिजिएस मार्फत् रु दुई खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड बराबरको पाँच लाख ८२ हजार वटा कारोबार भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो कारोबार ११३.०९ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ३३ खर्ब ३२ अर्ब २८ करोड बराबरको छ लाख आठ हजार वटा कारोबार भएका छन् ।

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया