बलम्बुमा फ्लाइओभरको काम अन्तिम चरणमा ( भिडियोसहित)
काठमाडौँ- काठमाडौंको बलम्वुमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । बलम्बु–सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउनका लागि बलम्वुमा फ्लाइओभर निर्माण गरिएको हो । दुई लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको रहेको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन फ्लाईओभरको निरीक्षण समेत गरेका थिए ।
त्यसक्रममा उनले सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने धारणा राखेका थिए । त्यस्तै बलम्बु–सिस्नेखोला सुरूङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ् सञ्चालनको मोडालिटी निर्माण भई रहेको छ । सोहि मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गराउने मन्त्रालयको तयारी छ ।

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित…

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

प्रतिक्रिया