आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

आजको मौसमः तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_o8ZclhEiIB_fkxdtltr0wwf5j0aroopqzggsqidaletb4pydhifvvluxgsm8peqtxrtovmd_f4SdQeociy_nyulzhviftvfyfznxoeo9wspmaylvmmaoxvqyqa7hxw4c9phnqaqtwkv3gpt.jpg)
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

प्रतिक्रिया