बसको ठक्करबाट तीनको मृत्यु, चार जना घाइते

मकवानपुर- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन

प्रतिक्रिया