'ईरानले आफ्नै भूमिमा युरेनियम प्रशोधन यथावत राख्ने स्पष्टोक्ति'

तेहरान- ईरानी विदेशमन्त्री सेयद अब्बास अराघ्चीले देशको भूमिमा युरेनियम प्रशोधन प्रक्रिया यथावत रूपमा निरन्तर जारी रहने स्पष्ट धारणा राखेका छन् । साथै, उहाँले क्षेत्रीय स्तरमा युरेनियम प्रशोधन केन्द्र स्थापनाको पहललाई स्वागतयोग्य बताएका छन् ।
ईरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूसँगको एक औपचारिक छलफलका क्रममा मन्त्रीले अमेरिका तथा अन्य पक्षहरूसँगको संवादमार्फत ईरानले कूटनीतिक मार्गलाई निरन्तरता दिइरहेको बताए, तर कुनै पनि प्रकारको दबाबमा वार्ता गर्न नसकिने स्पष्ट अडान राखिएको छ ।
उनले फ्रान्स, जर्मनी तथा बेलायत (ई–३०) द्वारा सन् २०१५ को आणविक सहमति अन्तर्गत रहेको ‘स्न्यापब्याक’ व्यवस्था प्रयोग गरी पुनः प्रतिबन्ध लगाउने प्रयास भएमा, ईरानले त्यसप्रति आवश्यक र कडा प्रतिक्रिया जनाउने चेतावनीसमेत दिएका छन् ।
उक्त आणविक सहमति ईरान र छ वटा राष्ट्रहरू बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस तथा अमेरिकाबीच सम्पन्न भएको थियो । सो सहमति अनुसार, यदि ईरानले निर्धारित प्रतिबद्धता पालना नगरेमा अन्य पक्षहरूले अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लगाउन सक्ने व्यवस्था गरिएको छ ।
ईरान र अमेरिका बीचको संवाद गत अप्रिलदेखि ओमानको मध्यस्थतामा पाँच चरणमा सम्पन्न भएको हो, जसअन्तर्गत तीन चरण ओमानको मुस्कट र दुई चरण इटालीको रोम सहरमा सम्पन्न भएका थिए ।
हालसालै अमेरिकी अधिकारीहरूले ईरानसँग युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्न आग्रह गरेका छन्, तर ईरानले सो प्रस्तावलाई अस्वीकार गर्दै आफ्ना राष्ट्रिय अधिकार तथा हितहरूलाई कायम राख्ने भनाइ राखेको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया