भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौँ : प्रचण्ड

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँगपनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।
प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका बिषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।
प्रचण्डले डा. बाबुराम भट्टराई धेरै तह उत्रेर आफुमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नुमात्रै रहेको जिकिर गरे ।
उनले एकता प्रक्रियामा बाबुरामलाई आफुले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरे ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया