मोहन सिटौलाको ब्यस्टी र समष्टी´ सार्वजनिक

काठमाडौँ- वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । राजधानीमा समाजका लव्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त पुस्तक विमोचित भएको हो ।
पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण गराउन मद्धत पुग्ने बताए । उनले सिटौलाका बारेमा अझ ठूलो वृहत पुस्तक निकाल्ने तयारी भइरहेको भन्दै यो पुस्तक उक्त वृहत् पुस्तकलाई पूर्ण रुप दिन महत्वपूर्ण खुराक हुने बताए ।
कार्यक्रममा पुस्तक समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, ४ अंग्रेजीमा र चार शुभकामना सहितका गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको बताए ।
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि केलाएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं पूर्व क्याम्पस प्रमुखसमेत रहेका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उनी ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागिपरेका छन् । अमेरिकामा रहेका सिटौलाले आफू समेटिएको पुस्तक काठमाडौँमा विमोचित हुँदा अमेरिकाबाटै सम्बोधन गरेका थिए ।
पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गरेका हुन् । पुस्तक मोहन सिटौलालाई चिनाउनेमात्र नभइ देशभरको सिटौला समाजको प्रतिनिधि पुस्तक भएको दाबीसमेत गरिएको छ ।

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

प्रभास र तृप्तिको नयाँ फिल्ममा अत्यधिक बोल्ड सिन हुने पक्का

आयोजकले ‘वेश्या' झैँ बनाएको मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने

चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख भूमिका

कल्पना रिजालको डाँफे लोकापर्ण

प्रतिक्रिया