प्रधानमन्त्री ओलीले राजावादीको कार्यक्रम भड्काउन खोजेः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरुको पूर्व निर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन् ।
जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँग छलफल गर्दै अध्यक्ष लिङ्देनले आफूहरुले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्रीले त्यही नजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले आफूहरुको कार्यक्रमलाई भड्काउन खोजिएको बताएका हुन् ।
उनले सरकारको तर्फबाट मुडभेड निम्ताउने क्रियाकलाप भएको आरोप लगाउनुभयो । अध्यक्ष लिङ्देनले आफूहरुको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दा बढि स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।
राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनको भनाइ छ । उनले राजनीतिक स्वार्थका लागि नभइ नेपालजस्तो देशका लागि भोटको राजनीति भन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिएको बताए ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताए । तर आफूहरुका लागि पात्र भन्दा पनि राजसंस्था महत्वपूर्ण रहेको उनले बताए । उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफूहरुले निर्वाध रुपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिए ।
उनले आफूहरुको आन्दोलन नितान्त शान्तिपूर्ण हुने भन्दै प्रशासनसँग भिडन्त गर्ने पक्षमा नरहेको जिकिर गरे ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया