सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

अमेरिकी दूतावासले कुन-कुन फिल्म देखाउँदैछ ?

काठमाडौं- अमेरिकी दूतावासले ‘समर अमेरिकन फिल्म सिरिज २०२५’ प्रदर्शन गर्ने भएको छ । दूतावासले मे देखि अगस्ट महिनासम्म प्रदर्शन हुने ४ फिल्मको सूची पनि सार्वजनिक गरेको छ । २९ मे बिहीवार विल स्मिथ स्टारर फिल्म ‘पर्सुट अफ ह्याप्पीनेस’ प्रदर्शन हुनेछ । 

संयुक्त राज्य अमेरिकाले नवप्रवर्तन, व्यापार र सिर्जनात्मकताको माध्यमबाट विश्वभर अगुवाई लिइरहेको छ । अमेरिकी फिल्महरू त्यस प्रभावको शक्तिशाली प्रतिबिम्ब हुन् । जसले कथावाचनलाई अत्याधुनिक प्रविधिसँग जोड्ने गर्छ ।

अमेरिकी दूतावास क्यएफेक्स र डीसीएनसँगको सहकार्यमा समर अमेरिकन फिल्म सिरिज आयोजना गर्न पाउँदा गर्वित छ, जसमा हरेक महिनाको लागि प्रसिद्ध हलिउड फिल्महरूको निःशुल्क प्रदर्शन गरिनेछ,’ दूतावासले भनेको छ ।

दूतावासले पहिलो सो ‘द पर्सुयट अफ ह्याप्पिने’ फिल्मको साथ सिरिजको सुरुवात गर्नेछ । जुन अमेरिकी दृढता र संघर्षको प्रेरणादायी कथा हो। सोही चलचित्र ठमेलस्थित छाँया सेन्टरमा प्रदर्शन गरिनेछ । २९ मे साँझ ६ बजेदेखि सुरु हुनेछ । टिकट भने निःशुल्क पाइनेछ ।