भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित
नयाँ दिल्ली- भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।
जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्।
महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ। जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए।
जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये एक रेलवे स्टेशनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया