शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

काठमाडौँ- दक्षिण कोरियाली प्रहरीले पूर्वप्रधानमन्त्री हान डक–सू र आर्थिक मामिलाका पूर्वउपप्रधानमन्त्री चोई साङ–मोकलाई कथित विद्रोहको आरोपमा मे महिनाको मध्यमा देश छोड्न प्रतिबन्ध लगाएको छ ।

प्रहरीको विशेष अनुसन्धान इकाईले हान र चोई साथै गत डिसेम्बरमा देश छाड्न निषेध गरिएका पूर्वआन्तरिक मन्त्री ली साङ–मिनलाई सोमबार सोधपुछको लागि बोलाएको थियो । अप्रिलमा पदबाट हटाइएका पूर्वराष्ट्रपति युन सुक–योलले लगाएको असफल मार्शल लको प्रयासमा तीन पूर्वसरकारी अधिकारीहरू संलग्न भएको आशंका गरिएको थियो । सिन्ह्वा