बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

खलङ्गा (दार्चुला)- नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहनुभएका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो ।
ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया