७५३ बाट घटाएर ५५३ स्थानीय तह राखौँ: सांसद कोइराला

काठमाडौँ- सांसद रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीयको सङ्ख्या घटाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उहाँले मौजुदा ७५३ बाट घटाएर ५५३ वटा स्थानीय तह कायम गर्न सुझाव दिइन् ।
बैठकमा कोइरालाले संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन्। उनले समतामूलक समाज निर्माणका मौलिक हकको प्रत्याभूत गर्नुपर्ने बताइन् ।
“संविधानको १६ देखि ४७ धारासम्म मौलिक हकको व्यवस्था गरेको छ । तर ती मौलिक हकको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ? भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको छ”, कोइरालाले भनिन् , “ती मौलिक हकको कार्यान्वयनका लागि बनेका विभिन्न ऐनहरू छन् । तर ती ऐनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । मौलिक हक कार्यान्वयनका लागि बनेका यी ऐन र नियमवालीको विषयमा अध्यायन गर्न आवश्यक छ ।”
---

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री ओली
कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा जारी

यस्तो हुनेछ आज दिनभरको मौसम

प्रतिक्रिया