आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रदेश-२ : मन्त्री र राज्यमन्त्रीसहित माओवादी केन्द्र सरकारमा जाँदै, भाेलि शपथ ग्रहण

जनकपुरधाम : प्रदेश-२ सरकारमा माओवादी केन्द्र पनि सहभागि हुने भएकाे छ । पछिल्लाे सहमति अनुसार मन्त्रिपरिषद् विस्तारमा कांग्रेसपछि अब माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन लागेकाे हाे ।

मन्त्रालयकाे टुंगाे नलागे पनि माओवादी केन्द्रबाट संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रूबी कर्ण राज्यमन्त्री बन्ने जनाइएकाे छ । मन्त्री बन्न लागेका नेता साहले इकागजसँग भने,'मन्त्रालयकाे टुंगाे लागेकाे छैन, एक मन्त्रालय रिक्त गराई हामीलाई दिने सहमति भएकाे हाे ।'

साे सहमति अनुसार भोलि ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएकाे छ । जसपा यादव समूह काेटामा  मुख्यमन्त्री राउतसहित आन्तरिक मामिला तथा संचार मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी, अर्थ मन्त्रालय रहेकाे छ भने ठाकुर समूहका मन्त्री नवल किशाेर साह र रामनरेश राय पनि पार्टीभित्र विवाद चुलिएपछि यादव समूहमै आएका छन् ।

जसपाभित्र विवाद भएपछि यादव समूहका मुख्यमन्त्री राउतले ठाकुर समूहका भाैतिक पुर्वाधारमन्त्री जितेन्द्र साेनलसहित तीन राज्यमन्त्रीलाई हटाएका थिए । ठाकुर समूहका मन्त्रीलाई हटाएपछि भाैतिक मन्त्रालयसहित विभिन्न मन्त्रालय फुटाएर कांग्रेसलाई भाैतिक पूर्वाधार, खानेपानी तथा उर्जा र महिला तथा बालबालिका मन्त्रालय दिइएकाे थियाे ।