लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

दाङ – लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा पुगेकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङको पद रिक्त भएको घोषणा बुधबार बसेको छैटौं अधिवेशनको ११ औं बैठकमा गरेका हुन्।
प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ।
गुरुङ विगतका बैठकहरूमा पनि अत्यन्त न्यून उपस्थित हुने सदस्यमध्ये पर्थिन्। पाँचौं अधिवेशनअन्तर्गत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी भएकी थिइन्। छैटौं अधिवेशनमा भने उनले कुनै बैठकमा पनि उपस्थिति जनाएकी छैनन्। सो अधिवेशनमा बुधबारसम्म ११ वटा बैठक सम्पन्न भइसकेका छन्।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सिके) ले सभामुखलाई पत्र पठाई गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए। गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ जना सांसद छन्।

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

दिक्तेलमा पुसको दोस्रो सातादेखि रेड पाण्डा महोत्सव हुँदै, सगरमाथा संवादमा र…

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया