औद्योगिक संरक्षण र लगानी प्रवर्द्धन गर्न ७५ प्रतिशतसम्म कर छुट

काठमाडौं- सरकारले औद्योगिक संरक्षण तथा लगानी प्रवर्द्धन गर्न करमा सहुलियत दिने घोषणा गरेको छ । सरकारले सूचना प्रविधिमा आधारित उद्योग, होटेल तथा रिसोर्टका साथै नवप्रवर्तक (स्टार्टअप) व्यवसाय सञ्चालन गर्नका लागि करमा सहुलियत दिने घोषणा गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक संरक्षण र लगानी प्रवर्द्धन गर्न करमा सहुलियत दिने घोषणा गरेको हो ।
सूचना प्रविधिमा आधारित उद्योग र होटेल तथा रिसोर्टलाई विशेष उद्योगसरह आयकर र विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् । उनले सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको जानकारी दिए ।
नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ६ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
यसैगरी १० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ६ वर्षसम्म आयकर नलाग्ने व्यवस्था सरकारले मिलाएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया