आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सौर्य तथा वायु ऊर्जा ब्याट्रीमा सञ्चित गरी राष्ट्रिय प्रणालीमा आवद्ध गरिने

आगामी वर्षदेखि सौर्य तथा वायु ऊर्जा ब्याट्रीमा सञ्चित गरी राष्ट्रिय प्रणालीमा आवद्ध गरिने बजेटमा उल्लेख छ। ‍यसरी पनि जलाशययुक्त आयोजना सरह विद्युत उत्पादन गर्न सकिने विश्वास सरकारको छ। त्यस्तै सरकारले ग्रिन हाइड्रोजनलाई पनि प्राथमिकतामा राखेको छ।

विश्वविद्यालय तथा निजी क्षेत्रको सहयकार्यमा ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। ग्रीन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।