धान रोप्न खेतमा गएका ३ जना बालकको पानीमा डुबेर मृत्यु

धनुषा : धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् ।
धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो ।
दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । त्यसैगरि महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।
बालक डुबेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया