शनिबार १७ जेठ, २०८२
Saturday, May 31, 2025

राजावादी आन्दोलन आज पनि, प्रसाईं समुहको अलग्गै प्रदर्शन हुने

काठमाडौँ- राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

हिजोदेखि काठमाडौँ केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।

रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएको छ।