गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै

कञ्चनपुर- यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमाझैँ सङ्क्रामक रोग देखिन छाडेको छ ।
दुध उत्पादन पनि वृद्धि भएको छ । “पम्परागत गोठमा पशु चौपायाको मलमुत्र व्यवस्थापन नहुँदा दुर्गन्धित हुन्थ्यो”, विष्टले भने, “गोबर र मुत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।”
गोठमा मल एकातर्फ र मुत्र ट्याङ्कीमा जम्मा हुने बनाइएको छ । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम ९ताल० र सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।
“गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ”, उनले भने, “गोठमा लामखुट्टे, झिङ्गा, मुसा र परजीविको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।”
उनका अनुसार सुधारिएको गोठबाट सङ्कलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरु रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
“गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन”, सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भने “पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।” रासस

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया