चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधि

काठमाडौँ- प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् ।
यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरूबीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।
युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।
यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोटमार्फत मानिसद्वारा नियन्त्रित थिए । यस म्याटको समयमा वास्तविक मुक्का र किक जस्ता चालहरू हरेक फाइटमा देख्न सकिएको थियो । प्रतियोगितामा एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन सहभागी चार रोबोटहरू मैदानमा उत्रेका थिए ।
प्रतियोगितालाई तीन राउण्डमा विभाजन गरिएको थियो र प्रत्येक राउन्ड दुई मिनेटको थियो । अंकको प्रणाली पनि राखिएको थियो, रोबोटले हातले आक्रमण गरे एक अंक र खुट्टाले आक्रमण गरे तीन अंक पाउने नियम बनाइएको थियो । यदि खसेमा ८ सेकेन्डभित्र उठ्ने मौका दिइएको थियो, अन्यथा अंकहरू कटौती गरिने नियम बनाइएको थियो ।
पहिलो प्रतिस्पर्धा एआई स्ट्राटेजिष्ट र सिल्क आर्टिसनबीच थियो । एआई रणनीतिकारले सुरुदेखि नै तिखो आक्रमण गरेर सिल्क आर्टिसनलाई कुनै मौका दिएनन् । तेस्रो राउन्डमा पुग्दा एआई स्ट्राटेजिष्टले प्रतियोगिता जित्यो ।
फाइनल खेलमा एआई स्ट्राटेजिष्ट र इनर्जी गार्डियन आमनेसामने भएका थिए । प्रतियोगिता नजिकै रहेको देखिए पनि एआई स्ट्राटेजिष्टले एकपछि अर्को गरी तीन वटै राउण्ड जितेर आफूलाई विजेता साबित गरेको थियो । जुन खेलको यतिखेर विश्वभरी चर्चा परिचर्चा भइरहेको छ ।

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

जलवायु सङ्कटले जीवनको अधिकारमा गम्भीर असर पार्दै : संयुक्त राष्ट्रसंघ

जापानको औद्योगिक उत्पादनमा उल्लेखनीय सुधार

भारतको रासायनिक कारखानामा विस्फोट : कम्तीमा १२ जनाको मृत्यु
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

प्रतिक्रिया