राप्रपाले राजसंस्था पुनःस्थापना गर्न आन्दोलन गरिरहने

राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई निरन्तरता दिएको छ । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै राजावादीहरुले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गर लगाएतका नारा लगाएका थिए ।
राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफुहरुको संयुक्त प्रयास भएको समितिले जनाएको छ । प्रदर्शनका क्रममा राप्रपा नेता ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले राजसंस्था र हिन्दू राज्यसहितको नयाँ व्यवस्था कायम हुनुपर्ने बताए ।
उहाले मुलुकमा राष्ट्रपति नभइ अभिभावकीय संस्थाका रुपमा राजा चाहिने बताउनुभयो । राजसंस्था पुनस्र्थापनाको लागि आफुहरुको आन्दोलन निरन्तर रहने समितिले जनाएको छ । आन्दोलनका क्रममा शनिबार दरवारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने राजावादीहरुले जनाएका छन् ।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया