गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्र संघले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा सामाग्री चोरी गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आक्रमणकारीको समूहले अस्पतालको गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा उपकरण, आपूर्ति, औषधि र पोषणजन्य सामाग्रीको नष्ट गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।
चोरी गरिएको सहायता सामाग्री युद्धग्रस्त गाजामा एक दिन अघि मात्रै आइपुगेको उनले बताएका छन् । गाजा अवस्था अझ बिग्रँदै जादाँ सार्वजनिक व्यवस्था र सुरक्षा व्यवस्था कमजोर हुनाले गाजामा लुटपाटका घटनाहरू बढेको समेत उनले बताएका छन् । उनले भने “यो सशस्त्र मानिसहरूद्वारा भएको एउटा आक्रमण थियो ।”
लामो नाकाबन्दीपछि इजरायलले प्यालेस्टिनी क्षेत्रमा सहयोगको अनुमति दिन थालेको छ । नाकाबन्दीले खाद्यान्न र औषधिको अभाव निम्त्याएपछि अहिलेसम्म उपलब्ध सहायता गाजाको आवश्यकताको ‘समुद्रमा एक थोपा“ मात्र भएको उनले बताए ।
संयुक्त राष्ट्रसंघको मानवीय निकाले शुक्रबार शतप्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा रहेको चेतावनी दिएको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार यस क्षेत्रमा इजरायली आक्रमणमा परी अहिलेसम्म ५४ हजार ३२१ जनाको ज्यान गएको छ । युद्धले गाजालाई ध्वस्त पारेको छ र मारिनेमा अधिकांश महिला बालबालिकासहित सर्वसाधारण रहेका छन् ।
यसले क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत गरेको छ, अस्पताल, विद्यालय, आवासीय क्षेत्र र सडक र जलमार्गको आधारभूत पूर्वाधार नष्ट गरेको छ ।
एएफपीका अनुसार सन् २०२३ अक्टोबर–७ मा हमासले गरेको आक्रमणको प्रतिक्रियामा इजरायलले आफ्नो आक्रमण सुरु गरेको थियो ।
डुजारिकले बिहीबार, राष्ट्रसंघ र मानवीय साझेदारहरूले केरेम शालोमको सीमाबाट पाँचवटा देइर अल–बलाह अभियान अस्पतालका लागि चिकित्सा सामग्री बोकेका ट्रकहरू पठाएको र अन्य ६० वटा ट्रकहरू सीमाबाट फर्कनु परेको बताए। (एएफपी )

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत

प्रतिक्रिया