बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका छन् ।
बजेटका सन्दर्भमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले अर्थतन्त्रमा देखिएको संकुचन कम हुँदै गएकाले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका हुन् ।
संविधान जारी भएपछि तीन वर्षको आर्थिक बृद्धिदर ७ दशमलब ५ प्रतिशत रहेको अनुभव रहेको उनले बताए । पौडेलले चालू आर्थिक बर्षमा पनि आर्थिक वृद्धिदर पाँच प्रतिशतका हाराहारीमा पुग्न सक्ने जिकिर गरे । उनले बजेटले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गरेको पनि बताए ।
आगामी आर्थिक वर्षमा राजस्वको अनुमानको लक्ष्य हासिल हुने विश्वास रहेको भन्दै उनले आन्तरिक ऋण पनि बित्त आयोगको सीमा भन्दा पनि कम परिचालन गर्ने गर्ने गरि बजेटमा उल्लेख गरिएको धारणा राखे । यसबाट सरकार अनावश्यक ऋणलाई प्रोत्साहन नगर्ने पक्षमा रहेको देखिएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरुलाई समावेश गरिएको भएपनि कतिपय विषयहरु अझै छुटेको बताए । खनिजजन्य र नदिजन्य पदार्थको उत्खन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएपनि टिडिएस र करले गर्दा पर्यटकको लागत बढ्ने हुँदा यसमा सहजिकरण आवश्यक रहेको उनले बताए । उनले नयाँ आर्थिक वर्षको बजेटबाट नतिजा ल्याउनको लागि र बजेट र मौद्रिक नीतिबीच तालमेलको आवश्यकतामा जोड दिए ।
अध्यक्ष ढकालले नीति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न सके बजेटमा उल्लेख गरिएको आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक बृद्धि सम्भव रहेको समेत बताए ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

प्रतिक्रिया