आज नेपाल हाउसमा भोजन लिपि स्वादको तेस्रो संस्करण हुँदै

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजन लिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतबार ( आज) काठमाडौंको नेपाल हाउस हात्तीसारमा हुने भएको छ ।
नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । भोजन लिपि स्वाद स्वदेश तथा विदेशमा गरी एक सय भागसम्म आयोजना गर्ने तयारी रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिए ।
आफ्ना उपजहरुको बजारीकरणको लागि अभियानसँग जोडिन पनि देशभरका किसानहरुलाई आग्रह गरिएको अभियानले जनाएको छ । भोजन लिपि तेस्रो संस्करणमा सांगीतिक प्रस्तुति समेत रहने आयोजक पक्षले जनाएको छ । साधना कलाकेन्द्र कमलादीले सारंगी बाँसुरी र मादलको धुन प्रस्तुत गर्ने केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिए ।
अभियानको संयोजनमा यसअघि दुईवटा भोजन लिपि स्वाद संस्करण आयोजना गरिसकिएको छ । हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, बागलुङ, रोल्पा, जुम्ला लगायत ३० जिल्लाका कृषि उपजका परिकार बनाइसकिएको छ ।
नेपाली माटो र किसानसँग जोडिएको अभियानसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको नेपाल हाउस रेस्टुरेन्टका प्रमुख रुद्र शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
भोजन लिपि स्वादमा पाककलाका हस्ती सेफहरु गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण प्रसाद भण्डारी, शिवहरि घिमिरे, पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बा लगायत पूराना तथा नयाँ सेफहरुको पाककला रहने छ ।

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

ट्रक र बिधुतीय गाडी ठोक्किदा २ को मृत्यु
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली संगीत’
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_0ASycT024I_vypofkyvadmlboo6cbsond8zpvz5cmbvuezszn6v6lziwlvashwzbbgfdhjt_lfJJsQhpJ5_frwzoo2esb6lt7fbl6n50mwqahdkvsayl128p4ibdydtrgrtmp6pulnndayj.jpg)
चल्न थाले सार्वजनिक यातायात

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया