स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन गरेको छ । बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनका लागि मागेको हो । बोर्डले गत साउन यताको झन्डै ११ महिनाको रिभ्यु सुरू गरेको छैन । यी मेडिकल अधिकृतहरुलाई पेन्डिन अवस्थामा रहेको मागदाबीको रिभ्यु गर्न खटाउने छ ।
जनशक्ति कम भएका कारण रिभ्यू गर्न बाँकी रहेको हो । रिभ्यू बाँकी हुँदा रकम भएको अवस्थामा पनि भुक्तानी गर्न मिल्दैन । बोर्डले १६ अर्बभन्दा बढीको भुक्तानी तिर्न नै बाँकी छ । १५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फरफारक गर्ने सरकारले दाबी गरेको छ । सोही अनुसार बोर्डले जनशक्ति थप गर्न लागेको हो ।
अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन् । पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ ।
बोर्डका सुचना अधिकृत विकेश मल्लका अनुसार मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण हुनु पर्ने छ । उनीहरुले नेपाल सरकारले तोकेको आठौँ तहको सुविधा पाउनेछन् । बोर्डले योग्यता पुगेका चिकित्सकले ७ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

प्रतिक्रिया