निजी सवारी साधनलाई यात्रु बोक्ने अनुमति दिएको भन्दै यातायात व्यवसायीको विरोध

निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरि नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरुले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्ने लगाएतका माग अघि सारेका छन् । सवारी ऐन २०४९ को विपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्र्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम व्यवसायीहरुको आरोप छ ।
नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वारले सोमबारदेखि सार्वजनिक सवारी साधन थन्काएर देशव्यापी आन्दोलन गर्ने जानकारी दिए । आफूहरुको माग पुरा नभएसम्म सार्वजनिक सवारीसाधान सञ्चालन नगर्ने उनले बताए ।
प्रदेश सरकारहरुले बनाएको ऐन नियमावलीका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम गर्न बाध्य भएको व्यवसायीहरुको भनाइ छ ।

पर्यावरणीय चेतनाको कमीले जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणका लागि प्रहरीले चलायो निः…

शिलान्यासको ६ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_JsfftDt9x9_1ktjmdsstvurfs9ucrlttwaphlvaz6vbrnxm2mq68mv0oh3ry2tfd8k0fjrz.jpg)
भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार : पठाओ
_2AHSkIig8X_2hruvsjdnd5wubtamfdgvprosr8lxpphr6byyzyt39gwpsmb1l9t8kgkr8ib_ecflIx0jsM_xjwvuyktwgltfoo0zs2jed1dbvqode03azsron71p2l2pga5djgojlfrrvn4.jpg)
अनिश्चितकालीन यातायात बन्द : चलेका छैनन् सार्वजनिक यातायात

प्रतिक्रिया