मंगलबार २० जेठ, २०८२
Tuesday, June 03, 2025

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्रः एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन ।