कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

सङ्खुवासभा- शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । “बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ”, उनले भने ।
त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।
घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन् । “सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ”, अध्यक्ष भोटेले जानकारी दिए ।

रास्वपाले भन्योः गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्छ र मार्गप्रशस्त गर्नुपर्ने

पार्टी पंक्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान चल्यो : प्रदीप ज्ञवाली

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री ओली
कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा जारी

प्रतिक्रिया