किन दिए कार्तिकले राजीनामा ?

कोलकाता : इन्डियन प्रिमियर लिग (आईपीएल) को कोलकाता नाइट राइडर्सका कप्तान रहेका दिनेश कार्तिकले टीमको नेतृत्व छाड्ने अनुमान प्रतियोगिता सुरु हुनु अगाबैको हो । तर उनले गत शुक्रबार कप्तानीबाट राजीनामा दिए । उनको ठाउँ लिन आइपुगे इयोन मोर्गान ।
कोलकाताले प्रेस विज्ञप्ती जारी गर्दै कार्तिकबारेमा भनेको छ, ‘कार्तिकले आफ्नो ब्याटिङमा ध्यान दिनका लागी कप्तानी त्याग्ने इच्छा व्यक्त गरे । त्यसो हुँदा टीमप्रतिको उनको योगदान अझ बलियो हुने उनको धारणा थियो ।’ तर कोलकताबाटै प्रकाशित हुने दि टेलिग्राफ अखबारका अनुसार कार्तिकले कप्तानी छाड्नुमा उनले झेल्नु परेको दबाब रहेको जनाएको छ । शुरुवाती खेलहरुमा राम्रोसँग रन बनाउन नसकेपछि उनको आलोचना हुँदै आएको थियो । थप आलोचना सहनु नपरोस भनेर कार्तिकले राजीनामा दिएको टेलिग्राफले जनाएको छ ।
‘टीम व्यवस्थापनले पनि कार्तिकले कप्तानका रुपमा राम्रो गर्न नसकिरहेको ठानेको थियो । उनले राम्रो लयमा खेल्न नसकिरहेको र त्यसले उनको कप्तानी क्षमतामै असर गरिरहेकाले परिवर्तन गर्न आवश्यक ठानियो । आईपीएल फ्रेन्चाइज लिग हो । यसमा रिजल्ट राम्रो नआए कप्तान आलोचित बनिहाल्छन्,’ टेलिग्राफले आफ्नो स्रोतलाई उदृत गर्दै लेखेको छ ।
टीमभित्रकै कतिपयले प्रमुख प्रशिक्षक ब्रेनडोन म्याककुलमले ब्याट्सम्यानका पोजिसनबारेमा राम्रो निर्णय लिन नसक्नु र उनको कार्तिकसँगको संयोजन कमजोर हुनुलाई पनि दोष दिएका छन् । पछिल्लो खेलपछि नै कार्तिकले राजीनामा दिने मनासाय बनाएको बताइएको छ । टीम बैठकमा उनले कप्तानका रुपमा आफ्नो राम्रो र खराब दुबै खालका क्षणहरु रहेको तर आफु अब खराब दिनहरु बढुन भन्नेमा नपुगेको भन्दै राजीनामा दिने संकेत गरेका थिए । (एजेन्सी)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया