लिभिङस्टोनको कीर्तिमानी शतकले पनि बचाएन इंग्ल्यान्डलाई

काठमाडौँ : लायम लिभिङस्टोनले कीर्तिमानी शतक प्रहार गरे पनि इंग्ल्यान्डले पहिलो टी-ट्वान्टीमा शुक्रबार राति पाकिस्तानसँग ३१ रनको हार व्यहोरेको छ । ट्रेन्ट ब्रिजमा लिभिङस्टोनले ४३ बलमा १०३ रन बनाएका थिए । जुन टी-ट्वान्टीमा कुनै पनि इंग्लिस ब्याट्सम्यानले सर्वाधिक थोरै बलमा बनाएको शतक हो ।
यसअघि पाकिस्तानलाई नै एक दिवशिय श्रृंखलामा हराएको इंग्ल्यान्डको टिममा प्रमुख रोजाईका जेसन रोय, जोनी बेरिस्टो र टम कुरान जस्ता खेलाडी टिममा फर्किएका थिए । तर उनीहरूको उपस्थितीले पनि पाकिस्तानविरुद्ध जित निस्केन । इयोन मोगार्नको कप्तानीमा रहेको इंग्लिस टोलीले टस जितेर बलिङ गर्ने निर्णय गर्दा पाकिस्तानले ६ विकेट खर्चेर कुल २३२ रन बनायो । जुन टी-ट्वान्टीमा उसले तयार गरेको सर्वाधिक योगफल थियो ।
पाकिस्तानका ओपनरद्वयले बलियो सुरुवात दिलाए । मोहम्मद रिजवानले ४१ बलमा ६३ रन बनाए भने कप्तान बाबर आजमको नाममा ८५ रन रह्यो । आजमले तीन छक्का र आठ चौका प्रहार गरे । पाकिस्तानका लागि फखार जमान र मोह्मद हाफिजको साझेदारी पनि महत्वपूर्ण सावित भयो । उनीहरूले १६ बलमा ४६ रनको साझेदारी गरे ।
जवाफि ब्याटिङमा उत्रेको घरेलु टोली इंग्ल्यान्ड २०१ रनमा सीमित भयो । पाकिस्तानका शहिन अफ्रिदीले तीन विकेट लिए । सुरुमै डाविड मालनलाई पभेलियन फर्काएका अफ्रिदीले बेरिस्टोलाई पनि आउट गरे । इंग्ल्यान्डका लागि रोयले ३२ रन जोडे । कप्तान मोर्गनले पनि उल्लेख्य रन जोड्न सकेनन् । उनको नाममा १६ रन मात्रै रह्यो ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया