गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता समिति गठन गर्ने सहमति भएको छ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र गृहमन्त्रालयमा सोमबार भएको छलफलमा वार्ता समिति गठन गर्ने सहमति भएको हो ।
मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसँगको वार्तामा यातायात व्यवसायीको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको हो। वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।
सार्वजनिक यातायात बन्द गर्दा नागरिकमा पर्न गएको असुविधाप्रति गण्डकी प्रदेश सरकार जिम्मेवार हुनुपर्ने यातायात व्यवसायीहरुको भनाइ छ । गण्डकी सरकारले हालै राइड सेयरिङ नियमावलीप्रति आपत्ति जनाउँदै ७ बुँदे माग राखेर यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया