पार्टी पंक्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान चल्यो : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्रवादी विचारको झोला बोक्न कुनै संकोच मान्न नहुने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष केपी शर्मा ओलीले चलाएको ‘म झोले हो’ अभियानलाई साथ दिँदै उनले सामन्तको झोला पो बोक्न नहुने टिप्पणी गरेका हुन्।
उनले सोमबार साँझ सामाजिक सञ्जालमा ‘म झोले हो’ अंकित आफ्नो तस्बिर राखेर ज्ञवालीले लेखेका छन्, ‘भनिन्छ-जहाँ तर्क सकिन्छ, त्यहीँबाट गालीगलौज सुरु हुन्छ। अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पंक्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ। वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने तर प्रतिस्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्- राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून्। यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न। सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को संकोच!’
सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

रास्वपाले भन्योः गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्छ र मार्गप्रशस्त गर्नुपर्ने

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री ओली
कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया