नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

काठमाडौँ- नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।
सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइन्छ । बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा सङ्घका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गर्नुभएको थियो ।
सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिएपछि सुरुमा यो चरा नेपालमा सामान्य पाइने ‘ब्लु हिस्टिलिङ थ्रस’ हो भन्ने अनुमान गरिएको थियो । पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण तुलना गर्दा फरक विशेषताहरू यकिन भएपछि ‘मलबर हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको सङ्घले जनाएको छ ।
यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक अभिलेख भएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया