आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

काठमाडौँ- देशव्यापी अनिश्चितकालीन सार्वजनिक  सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै सहयोग गरिरहेको छ। सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने हाम्रो प्रयासको मुख्य आधार हाम्रो बिडिङ (मोलमोलाई) मोडल हो । इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आँफैलाई भाडादर तय गर्ने अधिकार  दिन्छ। यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन्। सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।

इनड्राइभको ‘ फेयर प्राईस’ मोडलले नेपालको राइड-हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिन्छ, जसले यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा  उपलब्ध गराउँछ।

हालको यातायात बन्दको अवस्थामा पनि, हाम्रो प्लेटफर्ममा दशौं हजार चालकहरू छन्, जसले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका छन्। हामी चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास गर्छौं र त्यसलाई व्यवहारमा पनि उतारिरहेका छौं। यही सन्दर्भमा, हामीले चार-पाङ्ग्रे सवारी साधन (कार) का चालकहरूलाई पिक-आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएका छौं। यसले चालकहरूको आम्दानी बढाउनेछ भने यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउनेछ। साथै, मोटरसाइकल चालकहरूका लागि पनि हामीले विभिन्न बोनस योजना सञ्चालन गरिरहेका छौं, जसको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर रुपमा दिइरहेका छौं।

यात्रुहरूका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू नहुन सक्छन्, तैपनि यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता प्रमाणित गर्दछ। इनड्राइभ को मुख्य लक्ष्य हो – सबैका लागि सुलभ, पारदर्शी यात्राको सुनिश्चितता।

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप