डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं- डलर देखाई रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासी पूर्व गैंडाकोट नगरपालिका(३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका(३ दुवाकोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।

सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

प्रतिक्रिया