शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । 

नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन संघ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्य हिमालयन ट्राभल मार्ट आयोजना गरेको हो । मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशीसहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ ।

यही जेठ २२ सम्म मार्ट सञ्चालन हुने बोर्डले जनाएको छ । हिमालयन ट्राभल मार्टको पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ । सो सम्मेलनका वक्ताहरुले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दीगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने धारणा राखे ।