सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताए।
महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गरे। उनले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गरे।
‘अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन’, उनले भने। महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले संघ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै संघमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे। महामन्त्री थापाले नेपालको संघीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औँल्याउँदै उनले कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताए। उनले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गरे।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेशसका कांग्रेस सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेललगायतले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर नभएको बताए।

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

प्रतिक्रिया