बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल

काठमाडौँ- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा. सन्तोष पौडेल चुनिएका छन् ।  सोमबार साँझ अध्यक्ष मण्डलले डा. पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा ९९ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको हो । जसमा उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल सर्वसम्मत गरिएको छ ।

महासचिवमा भीमराज सिंह सर्वसम्मत भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बनेका छन् । सचिवमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको छ ।