१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

काठमाडौँ- १८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि जितेको छ ।
मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आइपीएलको उपाधि जितेको हो ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन आवश्यक भए पनि शो पुरा गर्न नसक्दा पञ्जाव जीतवाट बाहिरिएको हो ।
सो फाइनल खेलमा शशांक ३० बलमा ६१ रनमा अविजित रहेका थिए भने जोश इङ्लिसले ३९ रन बनाउन सफल भए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाउन सफल भएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान रजत पाटिदारले २६ रन बनाउन सफल भए ।
तर, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाउँदै बैंग्लरूले बलियो उपस्थिति देखायो ।
उता, पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिएका थिए भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिन सफल भए ।
बेंगलुरुले यसअघि तीनपटक आइपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलुरु उपाधिबाट भने वञ्चित हुदैँ आएको थियो ।

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया