गाजाको सहायता केन्द्र नजिकै भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु

गाजा- इजरायली सेनाले मङ्गलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको उद्धार कर्ताहरुले जनाएका छन् ।
आक्रमणमा एकै ठाउँमा दर्जनौं मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् ।
घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं नागरिक विरुद्ध ट्याङ्क र ड्रोनले मार्फत आक्रमण गरेको बताउनु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताउनु भएको छ ।
इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको छ । गाजामा इजरायलले दुई महिना सम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खाना लगायत अन्य अत्यावश्यक वस्तुहरुको अभावको सामना गरिरहेका छन् ।
पछिल्लो समयमा सहायता प्रवाह अनुमती दिएको छ भने अन्तराष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई अनुमति दिन आग्रह गरेको छ ।
हमासलाई पराजित गर्ने उदेश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।
इजरायली सेनाले मङ्गलबार क्षेत्रको उत्तरमा आफ्ना तीन जना सैनिक मारिएको र द्वन्द्व सुरु भए देखि प्यालेस्टिनी क्षेत्रमा मारिएका इजरायली सेनाको सङ्ख्या ४२४ जना पुगेको बताएको छ । , (एएफपी)

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_UyTmbfkMSd_apmrxnbt1cdtl4ddh53rumi8rrv1obukvubeq6qhpxuduwj0ubcyojo6qn36.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया