छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भन्नुभएको छ, “नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय विभेद र छुवाछूत प्रथा उन्मूलनका लागि थुप्रै कानुनी व्यवस्था भएका छन्, तर समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछूत पूर्णरुपमा उन्मूलन भएको छैन ।”
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने सङ्कल्प राखेको अध्यक्ष दाहालको भनाइ छ ।
उनले दिवससँगै सबैलाई जातको आधारमा हुने सबैखाले विभेद अन्त्य गर्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् । विसं २०६३ जेठ २१ गतेका दिन सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ ।
यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानवअधिकारको प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गर्दै जातीय विभेद र छुवाछूत विरुद्ध सङ्घर्ष गर्ने दायित्व केवल दलित समुदायको मात्र होइन, सम्पूर्ण मानव समुदायको साझा दायित्व र जिम्मेवारी हो, त्यसले मात्रै विभेदरहित न्यायपूर्ण, समावेशी र समतामूलक समाज निर्माण सम्भव हुने उgको भनाइ छ । “जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सभ्य, उन्नत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उनले भनेका छन् ।

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

प्रतिक्रिया