जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।
“आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ”, प्रधानमन्त्री ओलीले भनेका छन् ।

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

प्रतिक्रिया