कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ- मोडल तथा कलाकार रिया गुरूङ (उज्जेली) ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु १०,००० बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १०,००० बराबरको स्टेशनरीको सामग्री वितरण गरेकी हुन् ।
कलाकार रिया गुरूङ (उज्जेली) यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् । कलाकार गुरूङले यस किसिमको सहयोगको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री प्राप्त भएको छ, जसले उनीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरिन् ।
स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी मावि. का प्रधानाध्यापक सुर्यमान गुरूङले यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरेका छन्। उनले भने, " रिया गुरूङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्याउने छ।"

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

प्रतिक्रिया