शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

भिजिट भिसामा प्रतिपक्षको माग पुरा गर्न असम्भवः प्रमुख सचेतक बर्तौला

नेकपा एमालका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पुरा गर्न असम्भव रहेको बताएका छन् । बुधबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानविन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारेका हुन् ।

उनले गृहमन्त्रीलाई संसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे । संसदको गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रुपमा अपरिपक्व तरिकाले राखेको बिषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए ।

बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसदलाई बन्धन बनाउन नमिल्ने धारणा राखे ।