जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

टोकियो- जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ।
जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्ति सम्बन्धी आफ्नो योजना स्वीकृत गरेको छ, जसले जापानी एनिमे र स्थानीय संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्दै क्षेत्रीय आर्थिक विकासमा मद्दत पुर्याउने लक्ष्य राखेको छ।
यस योजना अनुसार जापानले करिब १ ट्रिलियन येन (७ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक प्रभावको अपेक्षा गरेको छ। प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “बौद्धिक सम्पत्ति जापानको लागि महत्वपूर्ण आय स्रोत हो र यसले देशका कम्पनीहरूको प्रतिस्पर्धात्मकता बढाउन ठूलो भूमिका खेल्छ।”
प्रधानमन्त्रीले थप्नुभयो, “हामीले प्रतिस्पर्धी बौद्धिक सम्पत्ति निर्माणका लागि कृत्रिम बुद्धिमत्ताको उपयोगलाई पूर्ण रूपमा बलियो बनाउनेछौं।”
जापान सरकारले प्रत्येक वर्ष बौद्धिक सम्पत्तिको संरक्षण र उपयोगसम्बन्धी नीति तयार पार्ने गर्छ। २०२५ को योजना अनुसार, नयाँ प्रविधि विकासमा प्रयोग भएको एआईका विकासकर्ताहरूलाई कसरी अधिकार दिन सकिन्छ भन्ने विषयमा अस्पष्ट नियमहरूलाई स्पष्ट गर्ने प्रयास हुनेछ।
योजनामा विदेशी दक्ष जनशक्ति आकर्षित गर्ने, मानव संसाधन विकासमा सहयोग गर्ने, र ऊर्जा तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउने पनि समावेश गरिएको छ। (सिन्ह्वा)

क्रेडिट सुइसको जरिवाना घटाइयो

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजबाट सुरू

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

प्रतिक्रिया