प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक दिउँसो ३:१५ बजे बस्ने गरी समय सारे पनि बैठक बस्न सकेन ।
हिजो संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो ३:१५ बजेका लागि सरेको जानकारी दिएको थियो । तर, त्यसमा पनि सहमति नभएपछि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृहमन्त्रीले संसदमा बोल्नु पाउनुपर्ने अडान राखिरहेका छन् ।
सहमति जुटाउनका लागि हिजो सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेको छैन् ।
आजको बैठक पनि प्रतिपक्षहरूले अवरोध गर्ने तयारी गरिरहेका छन् ।

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_oBccalFEbi_dszhcdqgvpa5iwwvebco5ovcqii4rsq6m44qs8vcteqdha05rauffepqmlzp.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया