किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
बिस्केक, किर्गिजस्तान- किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।
सन् २०११ देखि २०१७ सम्म राष्ट्रपति रहेका अल्माज्बेक अताम्बायेभले निर्वाचित राष्ट्रपतिलाई गणतन्त्र किर्गिजस्तानको शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए ।
सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै स्वतन्त्रता प्राप्त गरेयता किर्गिजस्तानमा तीनवटा क्रान्ति भएका छन् ।
अताम्बायेभलाई पहिलो पटक अगस्ट २०१९ मा उनको निवासमा छापा मारी पक्राउ गरिएको थियो, त्यसपछि सन् २०२० को आन्दोलनबीच अस्थायी रूपमा मुक्त गरिएको थियो भने पछि उहाँलाई पुनः पक्रउ गरिएको थियो ।
सन् २०२३ मा स्वास्थ्यको कारण देखाउँदै उनी जेलबाट छुटेका थिए । उनी उपचारका लागि स्पेन गएका थिए भने त्यसयता उनी स्वदेश फर्किएका छैनन् ।
एक नयाँ मुद्दामा अदालतले उनलाई अवैध रूपमा भूमि अधिग्रहण गरेको र सन् २०१९ अगस्तमा व्यापक अशान्तिमा भाग लिएको अभियोगमा दोषी ठहर गरेको छ ।
अदालतले उनको अनुपस्थितिमा साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।
किर्गिजस्तानका वर्तमान राष्ट्रपति सादिर जापारोभले अताम्बायेभलाई आममाफी दिन आग्रह गरेमा आफूले माफी दिनेबारे विचार गर्ने बताएका छन् ।
उनले भने, “घटना भएको छ वर्ष बितिसकेको छ । स्थिति शान्त भएको छ । मलाई लाग्छ, अदालत कम कठोर हुन सक्थ्यो,” जापारोभले किर्गिजस्तानको राज्य सञ्चालित समाचार संस्था कबारसँग बताउनुभयो ।
जापारोभ सन् २०२० को आन्दोलनको बलमा सत्तामा स्थापित थिए ।
यो देशलाई लामो समयदेखि मध्य एसियाको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशको रूपमा हेरिएको थियो ।
तर हालैका वर्षहरूमा किर्गिजस्तानका सरकार र प्रशासकहरूले लोकतान्त्रिक प्रतिगमन अङ्गालेको र स्वतन्त्र नागरिक समाज र सञ्चार माध्यमहरूमाथि बढ्दो दमन गरेको भनी अधिकारवादी समूहहरूले आलोचना गरेका छन्। (रासस/एएफपी) :

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि
पोर्चुगलका पूर्वप्रधानमन्त्री सुक्रेट्समाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

प्रतिक्रिया