माओवादीले संसद् बैठकको अवरोध हटाउन अधिकतम प्रयास गर्ने (भिडियोसहित)

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसद् बैठकको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवारी प्रतिपक्षीको हैसियतले अधिकतम पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भिजिट भिसा प्रकरणमा व्यक्ति बिषेशमा ध्यान नरहेको तर छानविन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताए । यस बिषयमा बिपक्षी दलका साथै सत्तापक्ष दलसंग छलफल गर्ने उहाले जानकारी दिए । त्यस्तै बैठकले वाईसीएलको नेतृत्व सहमतिमा नै चयन गर्ने निर्णय गरेको उहाले बताए ।
उनले आफुविरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने उल्लेख गरे । यस बिषयमा बाहिर भएका प्रचारमा कुनै सत्यता नरहेको उनले बताए ।

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

विद्यार्थीका ९९ प्रश्नको कठघरामा प्रचण्ड

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

प्रतिक्रिया