नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई सेवा

काठमाडौं – करिब पाँच लाख बाथ रोगी बिरामीलाई सेवा पुर्याइसकेको रातोपुल, काठमाडौंस्थित नेशनल बाथरोग सेन्टरले जेठ २२ गते बिहीवार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहेका थिए । समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो ।
समारोहमा महानिर्देशक ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए । त्यस्तै उनले नेपालमा भिटामिन डिको अभावको बारेमा विभिन्न टिका–टिप्पणी भैरहेको अवस्थामा यस बारेमा बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नु पर्ने आवश्यकता औल्याए । यसका साथै उनले सेन्टरले तयार पारिरहेको सुविधाजनक एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।
कार्यक्रममा बोर्ड मेम्बर वरिष्ठ बाथरोग विशेषज्ञ डा.बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे ।
समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रवन्ध निर्देशक कक्षपतिका अनुसार वर्तमान परिपेक्षमा बाथरोगको पहिचार गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उदेश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।
वार्षिकोत्सव समारोहमा संस्थाको विगत १२ वर्षको यात्रा, सेवा विस्तार, प्रविधिमा भएको प्रगति, दक्ष जनशक्ति निर्माण र जनचेतना अभिवृद्धिमा भएको योगदानको विशेष समीक्षा गरियो ।
सेवा, प्रविधि र जनचेतनाको साझा अभियान
१२ वर्षअघिको स्थापना कालदेखि नै सेन्टरको उद्देश्य गुणस्तरीय बाथरोग उपचार सेवा नेपालमै उपलब्ध गराउने रहेको छ । हालसम्म करिब ५ लाख बिरामीले सेवा लिइसकेका छन् । सेन्टरले बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ ।
दक्षता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्य
बाथरोग उपचारमा दक्ष जनशक्ति उत्पादनका लागि सेन्टरले विभिन्न तालिम र स्किल डेभलपमेन्ट कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, विगत दुई वर्षदेखि भारतको लेडी हार्डवर्ड मेडिकल कलेज र मेदान्ता अस्पतालसँगको सहकार्यमा पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस वर्ष डा. मनिषा भोछिभोया तथा डा। आदिप अरुण श्रेष्ठले यो फेलोसिप सफलतापूर्वक पूरा गरेका छन्, जसले नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरको दक्षता प्राप्त गराउन सहयोग पुर्याएको छ ।
प्रविधिमा अग्रसरता
नेशनल बाथरोग सेन्टरले सन् २०१३ मै नेपालमा पहिलोपटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गरेको थियो । हाल संस्थाले नेल फोल्ड क्यापिलेरोस्कोपी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र थर्मोग्राफी जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ, जसले निदान प्रक्रियालाई अझ सटीक बनाएको छ।
सम्मेलन, एप तथा पहुँच विस्तार
सेन्टरले पहिलोपटक नेपालमै युर्मा भिजन सम्मेलन आयोजना गर्दै दक्षिण एशियामै आफ्नो प्रविधि र दक्षता प्रतिस्पर्धी बनाएको छ । यस्तै, बिरामीको उपचार निरन्तरता सुनिश्चित गर्न, सेन्टरले मोबाइल एप पनि प्रारम्भ गरेको छ, जसमार्फत बिरामीले चिकित्सकसँग तत्काल सम्पर्क गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।
किफायती सेवा र बीमा प्रणालीमा सुधारको खाँचो
हाल बाथरोगको प्रारम्भिक परीक्षण खर्च १५ हजार रुपैयाँ सम्ममा सीमित गरिएको छ, जुन विगतमा २० हजार रुपैयाँसम्म थियो। यस्ता सेवा विदेशको तुलनामा निकै सस्तो रहेको संस्थाले जनाएको छ । तर, स्वास्थ्य बीमा प्रणालीमा इम्युनोलोजिकल परीक्षणहरू समावेश गरिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
सञ्जाल विस्तार र भविष्य योजना
हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जनाको टीम कार्यरत छ। सेन्टरले हालसम्म ८ शाखामार्फत सेवा दिइरहेको छ र यसै वर्ष धनगढी र सुर्खेतमा शाखा विस्तार गर्ने योजना अघि बढाइएको छ।
नेशनल बाथरोग सेन्टरको १२ वर्षे यात्रा सेवा, प्रविधि, दक्षता र जनचेतनाको समन्वयमा आधारित छ । निजी क्षेत्रबाट अगाडि बढेको संस्थाले बाथरोग उपचारको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै, आम नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्याइरहेको छ । आगामी वर्षहरूमा अझ व्यापक, गुणस्तरीय र सुलभ सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्था प्रतिबद्ध रहेको प्रवन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए ।

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

प्रतिक्रिया